पोखरा महोत्सवको आज समापन, कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुँदै

पोखरा । पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले उनीहरुलाई आइतबार दिउसो स्टेजमा उतार्ने भएका हुन ।

उनीहरुले विशेष समय लिएर पोखरा महोत्सवमा आउने दर्शकको मागलाई मध्येनजर गरी दोहोरी प्रस्तुत गर्ने महोत्सवका सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

घिमिरे र लम्सालसंगै लोकदोहोरी गायक गायिका सरला पाण्डे, कुमार पुन, दिला बिक, सुरेन्द्र गुरुङ, टेक क्षेत्री, शिवहरी ढुंगाना, सीता परियार, सीता केसी, निश्चल थापा, प्रशान्त तामाङ, परशुराम अधिकारी, किसान नेपाली लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । संस्कृती तर्फ बगाले टोल तायाः मचाः समितिको गाईजात्रा नृत्य प्रस्तुती रहने छभने सांझको पप तथा कन्सर्टमा अनुप्रस्था र मेलिना राईको प्रस्तुती रहनेछ ।

You might also like

Comments are closed.