पोखरा महोत्सवमा आज मंगोलियन हर्टदेखि शिवहरि र दमनको विशेष प्रस्तुति

आर्थिक आवाज
पोखरा । युनाइटेड क्लबले पोखराको अमरसिंहचौरमा आयोजना गरेको पोखरा महोत्सवमा आज बुधबार दोस्रो दिन विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुति रहने भएको छ । आज विदाको दिनसमेत परेकाले दर्शकको उत्साहजनक सहभागिता रहने आयोजकको विश्वास छ ।

महोत्सवमा बुधबार लोक दोहोरी तर्फ राजु गुरुङ, तारापति सुवेदी, श्रीराम अधिकारी, प्रदीप त्रिपाठी, सरस्वती लामिछाने, लक्ष्मी नेपाली लगायतको प्रस्तुती रहनेछ । पप कन्सर्ट तर्फ मंगोलियन हर्ट (राजु लामा), प्रोभर्स र हास्य ब्यंग्य तर्फ शिवहरि बैरागी र दमन रुपाखेतीको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए । डढुवा दुर्छा लम्जुङ तमु समाजको सांस्कृतिक प्रस्तुती पनि रहने उनले बताए ।

jutta mela

महोत्सव अवधिभर बुद्धिचाल प्रतियोगिता, विद्यालय स्तरिय सामुहिक लोकनृत्य प्रतियोगिता र विद्यार्थी, अभिभावक र शिक्षकले सामुहिक रुपमा बसेर हेर्नुपर्ने सचेतनामुलक कखरा नामक वृत्तचित्र समेत प्रस्तुत हुनेछन् । महोत्सवको मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

You might also like

Comments are closed.