पोखरा–१४ र २६ जोड्ने बिजयपुर खोलाको पुल निर्माण कार्य छिटो सक्न विकास समितिको निर्देशन

 

पोखरा,३ कार्तिक

निर्माणका क्रममा अलपत्र परेको पोखरा महानगरपालिका वडा नम्बर १४ र २६ जोड्ने बिजयपुर खोला पुल (डहरेको साँघु)को बाँकी काम छिटो सक्न गण्डकी प्रदेश सभा अन्तर्गतको विकास समितिले निर्देशन दिएको छ । गत बैशाखमा शिलान्यास भएर असारदेखि काम ठप्प भएको सो पुलको आइतबार अनुगमन गर्दै विकास समितिका सभापति दीपक कोइरालाले पुलको बाँकी काम तत्काल शुरु गरेर तोकिएकै मितिमा पुल हस्तान्तरण गर्न निर्देशन दिएका हुन् । शुरुमा काम राम्रैसँग भयो तर अहिले काम ठप्प भयो,‘उनले भने,‘ठेकेदारपनि सम्पर्कमा रहनु भएन, फोन गर्दा फोनसमेत रिसिभ हुन छाड्यो, यसले हामीलाई समयमै काम हुनेमा सशंकित पारेको छ ।’ उनले ढिलो भयो भनेर हतारमा काम गर्ने र गुणस्तरहिन् काम नगर्न सचेतसमेत गराए ।

jutta mela

अनुगमनमा पुगेका ईञ्जिनियर नवीनचन्द्र अधिकारीले एक वर्षमा सक्नेगरी सम्झौता भएपनि हालसम्म २५ प्रतिशत मात्र पुल निर्माणको काम भएको बताए । उनले असारदेखि काम ठप्प हुँदा रडमा खिया लागेकाले अब रडको खिया हटाएर मात्र काम गर्नुपर्ने बताए । सम्झौता अनुसार काम नबढेकोप्रति उनले आश्चर्य व्यक्त गरे ।

पोखरा महानगरपालिका–२६ का वडाध्यक्ष नवीन बरालले आफ्नो वडामा निर्माण हुने भनिएको पुल ३ महिनादेखि निर्माण कार्य ठप्प हुँदा वडाबासीले आफूलाई पुल कहिले बन्छ भन्दै प्रश्न गर्नेगरेको बताए । उनले भने,‘ठेकेदार सम्पर्कमै आउनहुन्न, तर वडाबासी भेटेपिच्छे पुल कहिले बन्छ भन्नुहुन्छ, वडाबासीलाई दिने जवाफ हामीसँग नहुँदा हामी अकमक्क छौं ।’

तीन महिना काम ठप्प भएपनि तोकिएकै मितिमा पुल बनाइसक्ने पुल निर्माण कम्पनी जिएसआर÷स्मार्ट सिभिल कन्स्ट्रक्सन प्रालिका प्रोपाइटर दीपेन गिरीले बताए । उनले बैशाख ९ गतेसम्ममा बनाईसक्ने सम्झौता भएकाले सो मितिमा पुल हस्तान्तरण गरिसक्ने जिकिर गरे । आफ्नो कम्पनीले अन्य ४÷५ वटा प्रोजेक्टमा काम गरिरहेकाले कामदारको अभाव हुनुका साथै आर्थिक समस्याका कारणपनि बिचमा काम रोकिएको उनको भनाई थियो । सम्झौता अनुसार नै प्रदेश सरकारले कार्य प्रगतिका आधारमा पैसा दिएपनि आफ्नै कारणले काममा ढिलाई भएको उनले स्वीकार गरे ।

एक वर्ष भित्रमा पुल बनाइसक्ने भनेर प्रदेश सरकार र जिएसआर÷स्मार्ट सिभिल कन्स्ट्रक्सन प्रालि बिच २०७६ साल बैशाख ९ गते सम्झौता भएको थियो । २५.६५ मिटरको लम्बाई, ८.४ मिटरको चौडाईको पुलमा दुबैतर्फ १.२ मिटरको फुटपाथ रहने सम्झौतामा उल्लेख छ । पुल १ करोड २८ लाख १ हजार ३ सय ९९ मा निर्माण गरिन लागेको हो । यो पुल निर्माण भएमा बुढीबजार, डहरेको पुलहुँदै सिधै निर्माणाधीन अन्र्तराष्ट्रिय विमानस्थल निस्कन सजिलो हुनेछ ।

You might also like

Comments are closed.