प्रतिभा माविद्वारा भलिवलकी कप्तान अरुणा पुरस्कृत

पोखरा । पोखरा नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयले नेपाली राष्ट्रिय भलिवल टिमकी कप्तान अरुणा शाहीलाई नगदसहित पुरस्कृत गरेको छ । विद्यालयले ‘प्रतिभा वर्ष पुरस्कार २०७६’बाट अरुणालाई नगद १ लाखसहित सम्मान पत्र र दोषल्ला ओढाएर पुरस्कृत गरेको हो । पुरस्कृत शाहीलाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

विद्यालयले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत प्रतिभा वर्ष पुरस्कारबाट वार्षिक रुपमा १ जनालाई नगद १ लाखसहित पुरस्कृत गर्दै आएको छ । यसअघी प्रतिभा माविले ‘प्रतिभा वर्ष पुरस्कार २०७४’बाट क्रिकेटर सन्दीप लामिछाने र गत वर्ष ‘प्रतिभा वर्ष पुरस्कार २०७५’बाट एचआइभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई पुरस्कृत गरेको थियो ।

यसैबीच, विद्यालयले आफ्ना विद्यार्थी तथा अभिभावकका लागि ‘उत्प्रेरणात्मक तालिम’पनि आयोजना गरेको छ । विद्यार्थी र अभिभावकमा सकारात्मक सोंचको विकास गरी कठीन परिस्थतिमा पनि कसरी आफ्नो कामप्रति ईमान्दार रहन उत्प्रेरित गर्ने, प्रतिकुलताका बाबजुदपनि कर्तव्यनिष्ठ भएर लाग्दा पाइने सफलता, शिक्षण सिकाई मात्रै नभई ब्यबहारिक कुराहरुमा पनि उत्तिकै लाग्नुपर्छ भन्नेबारेमा कक्षा नर्सरीदेखि दश जोड दुई सम्मका विद्यार्थीसहित शिक्षक तथा अभिभावकहरुलाई ‘उत्प्रेरणात्मक तालिम’ प्रदान गरिएको विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले जानकारी दिए ।

jutta mela

तालिममा १६ वर्षको उमेरमा दृष्टि गुमाएपनि आफ्नो हिम्मत र निरन्तरको लगनशीलताले प्रविणता प्रमाणपत्र तह र स्नातक तहमा स्वर्ण पदक प्राप्त गर्नुका साथै वेलायतको कलेजमापनि सर्वोत्कृष्ट नतिजा ल्याएकी दृष्टिविहिन् सृष्टि केसी र प्रशिक्षक रविन कटुवालले सहजीकरण गरेको उनले बताए । सो अवसरमा विद्यार्थीहरुको रिजल्ट प्रकाशन पनि गरिएको उनले बताए ।

You might also like

Comments are closed.