प्रदेशको ढोकामा निजी क्षेत्रले स्वागत गेट बनाउँदै

पोखरा, २९ असार । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले प्रदेशका मुख्य नाकाहरुमा प्रवेशद्धार बनाउने निर्णय गरेको छ । महासंघ गण्डकीको बैठकले नवलपुरमा २ तथा स्याङ्जा तथा तनहुँ र कास्कीको सिमानामा प्रवेशद्धार बनाउने निर्णय गरेको हो ।
महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेश आउने पर्यटक तथा सर्वसाधारणलाई स्वागत गर्ने तथा प्रदेश उद्योग वाणिज्य संघको उपस्थिति देखाउन प्रवेशद्धार बनाइन लागेको हो ।

अध्यक्ष कोइरालाका अनुसार बैठकले तनहुँको शुक्लागण्डकी, लमजुङको मध्यविन्दु उद्योग वाणिज्य संघ तथा तनहुँकै भिमाद नगर उद्योग वाणिज्य संघलाई प्रदेश महासंघको सदस्यता प्रदान गरिएको छ भने प्रदेशमा रहेका उद्योग वाणिज्य संघहरुलाई तालीम तथा गोष्ठी आयोजना गर्न ५० हजारदेखि १ लाख रुपैयाँसम्म प्रदान गरिने भएको छ । यसैगरी प्रदेश महासंघले नेपाल वन पैदावार संघ कास्कीलाई बस्तुगत सदस्यता प्रदान गरेको छ ।

You might also like

Comments are closed.