प्रविधीले सकारात्मक मात्र नभई नकारात्मक प्रभाव पनि पारेको छ

विना बराल
पोखरा

भनिन्छ महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् तर तो भनाइ मात्रै शब्द मा लागू हुँदै आएको छ व्यवहार मा प्रयोगमा ल्याएकोे देखिदैन । पहिले पहिले हाम्रो समाजमा आफ्नो रितिरिवाज को मान मर्यादामा रहेर लामो कपडा अनि गुनियो चोली लगाउथे अनि पुरुषले नारि प्रति हेर्न दृष्टिकोण नै फरक थियो । त्यस्तै व्यवहार गर्थे । उनिहरु पुरुष देख्न हुदैन भनि घुम्टोले मुख छोप्ने परम्परा थियो उनिहरु पढेलेखेका नभए पनि आफ्नो धर्म परम्परा नारी पुरुष बिच भिन्नता भए पनि नराम्रो नजर लगाउने कमै हुन्थे ।

अहिले आधुनिकता र शिक्षाले गर्दा हामी सबैमा एउटा परिवर्तन ल्याएको छ । शिक्षा सगैं समाजमा नारी पुरुष बराबर भएता पनि अहिले समाजमा आधुनिकता ले केही राम्रो त केही नराम्रो असर पारेको छ । समाजमा बिकृति फैलिएको पनि पाइन्छ । जसले गर्दा महिलाहरु दिनहु हिंसा सहन बाध्य छन् । आधुनिकताको प्रभावले नारीहरु चुलो चौको छाडेर बाहिर जागिर वा व्यवसाय गर्न पनि थालेका छन् जुन सकारात्मक पक्ष हो । पहिले पहिले शिक्षाको कमि थियो दाजुभाइ दिदिबहिनी सरह व्यवहार हुदैनथ्यो । अहिले आधुनिकताले कतिपय ठाउँमा दाजुभाइबाट दिदी वहिनी बलात्कृत भएको घटना दिनहु आउने गरेका छन् । अहिले परिवर्तनले गुनियो चोलि दौरा सुरुवाल जस्ता कपडाहरु लोप हुँदै गएका

jutta mela

छन् ।

रितिरिवाज परम्परा मा विभिन्न नयाँपन थपिएका छन् । परिवर्तनले महिलालाई अगाडि बढाएको छ भने यहि आधुनिकता ले महिला हिंसा पनि बढिरहेको छ साथै समाजमा पुरुषले छुट्टै नजरले हेर्न गरेको पाइन्छ । एउटा नारि तेहि गुनियो चोलि लगाउदा पुरुषले सकारात्मक सोच राखेको पाईन्छ भने छुट्टै किसिमको सरिर नढाकिने कपडा लगाउदा पुरुष नकारात्मक सोच राख्छन् । तिनै परिवर्तन ले गर्दा महिलाहरु पछि परेका छन् ।

समाजमा कानुन छ महिला पुरुष बराबर हुन् भनेर तर अझै पनि कतिपय ठाँउमा शिक्षा नपुगेको कारण धेरै कमि कमजोरी महिला मा देखिएको छ । र महिला भित्रै दबिएका छन् । यहि आधुनिक परिवर्तनका कारण पनि महिला महिला बाट नै पिडित भएको देखिन्छ । पहिले पहिले सानो उमेरमा बिहे गर्नु पर्थ्यो । बा आमाले जसलाई दिए उसैसगँ जाने चलन थियो । अहिले सामाजिक संचालमा देखेको भरमा विहे हुने गरेका छन् । कमैको जीवन राम्रो बनेको छ । लापरबाहीका कारण आफ्नो जिन्दगी नै बिगारेको पनि देखिन्छ । कतिपय ठाउँमा यस्ता कयौ घटना घटेको पाइन्छ यहि आधुनिक परिवर्तन साथै नेट इन्टरनेटले गर्दा शिक्षा भएर पनि मानिसहरु प्रबिधि का कारण सभ्य व्यवहार नगरी असभ्यता मौलाएको पाईन्छ । समाजमा नारी पुरुष बिचको यस्तो क्रियाकलापले नै गर्दा आज कयौं पुरुष र नारीले आफने जीवन गुमाउनु परेको छ । अझै पनि कतिपय ठाँउमा आफनो चलन अनुसार महिला र पुरुष बिच भिन्नता देखिन्छ तर हाम्रो समाज आधुनिकता ले फेरिएर एउटा नयाँ युगमा चलि हेको पाइन्छ जसले महिला प्रती को पुरुषले हेर्ने नजर केही फरक देखिएको पाइन्छ तर यहि समाजमा हाम्रो सस्कार हराउदै गएको छ ।

अहिले को यो परिवर्तनले महिलाहरु निकै अगाडि छन् शिक्षित छन् अनि पुरुषमा हुने हिम्मते महिलाहरुमा पनि आएको पाइन्छ । यसले गरदा महिला र पुरुष बिच को दुरि कायम भएको छ हामी भन्छौ नि पुरुष सबै एउटै हुदैनन् तर एउटै हुन्छन मात्रै हेर्ने फरक नजर राम्रो र नराम्रो बनिदिन्छ । एउटा पुरुष त्यहीं महिला को नजरमा राम्रो हुन्छ भने आर्को को नजरमा नराम्रादेखिन सक्छ । अजैपनि पनि कपडा को भरमा नजर फरक हुन्छ अनि त्यसकै कारण बिकृती पनि बढेका छ । आधुनिकताले अकल्पनिय घटना घटिरहेका छन् ।

You might also like

Comments are closed.