‘फेन्सी व्यवसायलाई अत्यावश्यकमा राख्नुपर्छ’

पोखरा । फेन्सी व्यवसायलाई अत्यावश्यक बस्तुमा राख्न पोखराका व्यवसायीहरुले माग गरेका छन् । वुद्ध विशाल बजार व्यापारिक एसोसियसनले उक्त माग गरेको हो ।

शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै वुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशब बहादुर खत्रीले फेन्सी व्यवसाय अहिलेको लकडाउनले धरासायी अवस्थामा पुगेको बताउँदै राज्यको ध्यान पुग्नुपर्ने धारणा राखे । फेन्सी व्यवसायलाई पनि अत्यावश्यक बस्तुमा राख्न माग राख्दै उनले जनतालाई जुनसुकै अवस्थामा कुनै पनि वस्तुको आवस्यकता पर्न सक्ने बताए । ‘जनतालाई जुनसुकै समयमा आवश्यक पर्नसक्ने बस्तु नै अत्यावश्यक वस्तु हुने भएकाले फेन्सी व्यवसायलाई अत्यावश्यकमा राख्नुपर्छ,’ उनले भने ।

सोही अवसरमा एसोसिएसनद्वारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको छ । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष शिव शर्माले स्वागत मन्तब्य राखेका थिए । भित्रेपात्रो प्रकाशन समितिका संयोजक तथा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका सचिव बुद्दिबहादुर कुँवरले विषम परिस्थितिमा क्यालेन्डर प्रकाशनमा सयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे । कार्यक्रमको सञ्चालन महासचिव ईन्द्रराज अर्यालले गरेका थिए ।

You might also like

Comments are closed.