फोटो पत्रकार संघमा पौडेल

पोखरा । नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलबार भएको छैटौ अधिवेशनले प्रदिप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) लाई सर्वसम्मत चयन गरेको छ ।

सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भए । अधिवेशनले सल्लाहकारमा निर्वतमान अध्यक्ष ईन्द्रप्रसाद पौडेललाई चयन गरेको छ । फोटो पत्रकार संघ जनआन्दोलन २०६२÷०६३ को क्रममा अप्ठ्यारो समयमा स्थापना भएको हो ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि फोटो पत्रकार संगठित भएका थिए । फोटो पत्रकार संघले जनआन्दोलन पछि आन्दोलनको बृत चित्र, फोटो प्रदर्शनी गरेको थियो । यस अघि फोटो पत्रकास संघमा घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेल अध्यक्ष रहेका थिए ।

jutta mela

अधिवेशनमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । ईन्द्रप्रसाल पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख आतिथ्यता फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङको थियो ।

You might also like

Comments are closed.