फोर्सको एक्स्चेन्ज मेला ६ ठाउँमा हुँदै, पुराना गाडीमा ४ लाख थप मूल्यांकन

आर्थिक आवाज
पोखरा । नेपालका विभिन्न ठाउँमा फोर्स मोटर्सले एक्स्चेन्ज मेला गर्ने भएको छ । मंसिर २२ देखि पुस ६ गतेसम्म मेला गर्न लागिएको फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रवन्ध निर्देशक निरन केसीले आर्थिक आवाजलाई जानकारी दिए ।

मंसिर २२ र २३ गते बागलुङमा, मंसिर २५ र २६ गते हेटौंडामा, मंसिर २८ र २९ गते चितवनमा फोर्सको एक्स्चेन्ज मेला हुनेछ । पुसको १ र २ गते सिन्धुलीमा, पुस ४ गते खोटाङमा र पुस ६ गते रामेछापमा एक्स्चेन्ज मेला हुने केसीले जानकारी दिए ।

कुनैपनि पुरानो गाडी ल्याएर नयाँ १४ सिटे फोर्स जिप लैजान सकिने प्रवन्धक सुमन सापकोटाले जानकारी दिए । ‘पुरानो गाडीमा प्रचलित मूल्यभन्दा ४ लाख रुपैयाँ थप मूल्यांकन गरिनेछ,’ उनले भने ।

You might also like

Comments are closed.