बजाज पल्सरका दुई नयाँ मोडल सार्वजनिक, बजाजप्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिने

काठमाडौं । नेपाली बजारमा नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ सार्वजनिक भएको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर एन१६० र एन१२५ सार्वजनिक गरेको हो ।

यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाजप्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनीले जनाएको छ । नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको छ । जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ ।

यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस राइड मोड डिस्प्ले उपलब्ध छन् ।त्यसैगरी पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क दिन्छ । यसमा ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू समावेश छन् । यो मोडलमा उत्कृष्ट ईन्धन सक्षमता रहेको छ ।

सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमितराज चालिसेले नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा खुशी व्यक्त गरेका छन् । पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिने उनले जनाए । उनका अनुसार एन१६० ले पावर, डिजाइन अन्तर्गत बजारमा आफ्नो स्थान बनाउछ भने एन१२५ले ईन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।

मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन१६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्यांक, आरामदायी सीट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ । ७९५ मिलिमिटरको सीटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

त्यस्तै पल्सर एन१२५को ७९५ मिलिमिटर सीट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ । बैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा आयोजना हुने ग्राण्ड कार्निभलमा यी मोडलहरू खरिद गर्न तथा बजाजको नजिकको बजाज सोरुमबाट पनि किन्न सकिनेछ । साथै बजाजको यस ग्राण्ड कार्निभलमा टेस्ट राईडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सो अवसरमा ग्राहकलाई स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज र बजाजको ‘खुसीको मिटर’ योजना अन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका, निःशुल्क एक्सेसरीज लगायको सुबिधा उपलब्ध गराइनेछ ।

 

 

You might also like

Comments are closed.