बढ्यो चाँदी आयातमा सीमा, अब ६० हजार डलरको एकैपटक आयात गर्न सकिने

काठमाडौं ।  राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले चाँदी आयातको सीमा बढाएको छ । विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो ।

परिर्माजन गरेसँगै अब व्यवयासीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् । विभागले यस अघि प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो ।

यस्तै, निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक एक किलोको सीमा नलाग्ने भएको छ । यससम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिकरुपमा महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागमा पेश गर्नु पर्ने व्यवस्था छ ।

जसमा चाँदी आयात गर्दा प्रचलित व्यवस्था बमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा ‘माष्टर एयरवेज बिल’ समेत संलग्न गर्नुपर्नेछ ।

 

You might also like

Comments are closed.