बाटुलेचौरमा स्वास्थ्य शिविर

पोखरा, १४ बैशाख

पोखरा महानगरपालिका कार्यालयको आयोजना एवं हिमालय क्लव पोखरा १६, बाटुलेचौरको व्यवस्थापनमा आयोजित पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविरमा ३६५ जनाको परीक्षण गरिएको छ ।

कार्यक्रममा बोल्दैै गण्डकी प्रदेशका सांसद कुमार खड्काले स्तन क्यान्सर एवं पाठेघरको मुखको क्यान्सरलाई न्यूनिकरण गर्न सचेतनाको जरुरी भएको कुरामा जोड दिंदै यसतर्फ राज्यले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

jutta mela

सांसद पुष्पा केसी भण्डारीले महिलाको स्वास्थ्य सन्दर्भमा राज्य र सामाजिक संघसंस्थाले हातेमालो गरी कार्यक्रम गरेमा निश्चित लक्ष्य प्राप्त गर्ने कुरामा जोड दिएकी थिइन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाको स्वास्थ्य क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी यस्ता शिविरहरुको आयोजना गरिरहेको बताईन् ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. प्रेमराज पँगेनी, रेडियोलोजिष्ट डा. भोजराज शर्मा, सर्जन डा. विश्वदीप तिमिल्सिनाले विशेषज्ञ सेवा प्रदान गरेका थिए । त्यस्तै गरी मेडिकल अधिकृत डा. मधुमाया तिमिल्सिना, नर्सिङ अधिकृत कविता पौडेल, बविता सुवेदी, गीता ढकाल, शोभा पाण्डे, शारदा शर्मा लगायतकाले प्राविधिक सहयोग गर्दै शिविरमा आएका महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

पोखरा महानगरपालिका वडा नं. १६ का अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रेमराज पँगेनी, पोखरा महानगरपालि स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा, हिमालय क्लवका अध्यक्ष मोहनबहादुर थापा, सचिव प्रकाश थापा लगायतकाले मन्तव्य राखेका थिए ।

परीक्षण शिविरमा पाठेघरमा मासु पलाएका २५ जना, स्तनमा समस्या देखिएका १३ जना, यौनजन्य रोग लागेका १० जनालाई मणिपाल शिक्षण अस्पताल, पश्चिमाञ्चल अस्पताल र मातृशिशु मितेरी अस्पताल बाटुलेचौरमा रिफर गरेको जानकारी मातृशिशु मितेरी अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेन्ट प्रेमराज पँगेनीले जानकारी दिए ।

परीक्षणमा सहभागी ९० जनालाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

You might also like

Comments are closed.