बाबुराम गिरीलाई केन्द्रीय सदस्य बनाउन लेखनाथका व्यवसायीको आग्रह

लेखनाथ ।

लेखनाथ उद्योग वाणिज्य संघले पुर्व अध्यक्ष बाबुराम गिरीलाई महासंघको केन्द्रीय सदस्यमा उठाउने निर्णय गरेसँगै व्यवसायी भेटघाटमा व्यस्त छन् ।

नेपाल उद्योग बाणिज्य महासंघ को साउन २६ र २७ गते हुने ५४ औं साधारणसभा तथा महाधिवेसनमा गण्डकी प्रदेश प्रतिनिधि केन्द्रिय सदस्य मा गिरीलाई बिजय गराउन विभिन्न जिल्लामा व्यवसायी पुगेका छन् ।संघका सँस्थापक देखी बर्तमान अध्यक्ष सम्मको टोली सहयोग को आह्वान गर्दै पोखरा उद्योग बाणिज्य संघ र स्याङजा उद्योग बाणिज्य संघमा पुगेको छ ।

You might also like

Comments are closed.