भाइ होस् कि प्रहरी अधिकृत कसैलाईपनि छाड्दिनः एसपी कार्की

पोखरा । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) दानबहादुर कार्कीले आफ्नै भाई वा प्रहरी अधिकृत नै भएपनि नछाड्ने चेतावनी दिएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार गरेको स्वागत तथा सम्मानसहित ‘सुरक्षा सम्बन्धी’ अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘कसैलाईपनि छुट्टै व्यवहार हुँदैन ।’

एसपी कार्कीले ठूला र मै हुँ भन्नेलाई छाडेर लाटागाँडालाई नसमात्ने उद्घोषसमेत गरे । सुरक्षामा खलल पु¥याउने तथा नेपालको कानून उलघंन गर्ने जोकोहि भएपनि नछाड्ने उनले बताए । मलाई कहिलेकाहिं ठूला बडाले लौन छुट दिनु प¥यो भन्दै फोन गर्छन्,‘उनले भने,‘कोहि भट्टिमा रातीसम्म खान छुट दिनु प¥यो भन्छन्, कोहि रातीसम्म खोल्न पाउनु प¥यो भन्छन्, अनि कोहि खाएर ट्राफिक जाँचमा समातिएँ छाड्न लगाई दिनुप¥यो भन्छन्, तर म स्वघोषित मै हुँ भन्नेहरुलाई छाडेर लाटागाँडालाई समात्दिन ।’ ट्टमा खानका लागि छुट माग्ने उद्धेश्यले मसँग चिनजान गर्न नआउन आग्रहपनि गर्छु ।’

एसपी कार्कीले होटलको काउन्टरमा गर्न हुने र नहुने कुराहरु स्पष्ट सूचना राख्न, बस्न आउने पर्यटकको पहिचान खुल्नेगरी रेकर्ड राख्न, कानुनले बन्देज गरेको उमेर समूहकालाई नराख्न, होटलमा खुलमखुल्ला अश्लिल कार्य गर्न, पैसाको लेनदेनका आधारमा यौन कृयाकलाप र असहमतिमा वा जबरजस्ती यौन कृयाकलाप गर्न नदिन आग्रह गरे । उनले होटलमा पर्यटक ल्याउने नाममा पृथ्वीचोक क्षेत्रमा तानातान र हानाहान हुने गरेको भन्दै त्यो तत्काल रोक्न निर्देशन दिदै अन्यथा कार्वाही गर्ने चेतावनी दिए । उनले छोटो दुरीबाट पर्यटक आउने गरेको भन्दै त्योपनि अन्त्य गर्ने उद्घोष गरे ।

कार्यक्रममा पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष हरिप्रसाद पाण्डे, संस्थापक अध्यक्ष रिजन शेरचन, निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपानेलगायतले प्रहरीले सम्साझैं होटल बन्द गराउने गरेको, बिना कारण होटल सञ्चालकलाई दुःख दिने गरेको, होटलको सुरक्षामा बेवास्ता गरेको, प्रहरीलाई खबर गर्दापनि सुरक्षाका लागि नआउने गरेको, ट्राफिक ब्यबस्थापनमा ध्यान नदिएकोलगायतका गुनासो गरेका थिए । उनीहरुले प्रहरी र व्यवसायी मिलेर काम गर्नसके सुरक्षा चुनौति कम गर्न सकिने बताएका थिए ।

You might also like

Comments are closed.