भाडा समायोजन नगरी सवारी चलाउन सक्दैनौं : व्यवसायी

पोखरा ।

सरकारले असार २६ गतेबाट जिल्ला भित्र सार्वजनिक सवारी चलाउने निर्णय गरेको छ । ट्याक्सी व्यवसायीले यस निर्णयको विरोध गरेका छन् ।

कोरोना महामारीको समयमा सार्वजनिक सवारी चलाउन दिने निणर्य गरे पनि ट्याक्सीको हकमा भाडा समायोजन नगरेकाले आफूहरुले विरोध गरेको पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । मास्क तथ सेनिटाइजर प्रयोगसँगै खर्च बढ्ने अवस्था छ तर सरकारले यस बिषयमा केही बोलेको छैन, उनले भने ।

jutta mela

बैंक तथा वित्तीय संस्थाको किस्ताको अवधि सार्नुपर्छ भन्ने माग पनि सुनुवाई नभए संगै व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले बैंक तथा वित्तीय संस्था र भाडाको बिषयमा निणर्य नगरेसम्म व्यसायीले सवारी साधन नचलाउने तिवारीले बताए ।

You might also like

Comments are closed.