भारतमा आयो नयाँ रेनो डस्टर, मूल्य ७ लाख ९९ हजार भारुबाट शुरु

काठमाडौं । रेनोले भारतीय बजारमा नयाँ रेनो डस्टर लन्च गरेको छ । यसको मूल्य ७ लाख ९९ हजार देखि १२ लाख ५० हजार भारु बीचमा तोकिएको छ ।

सो एसयूभी ९ भेरिएन्टमा उपलब्ध रहेको छ, जसमा ३ पेट्रोल र २ डिजेल इन्जिनमा उपलब्ध छ । एसयूभीलाई फ्रेस लुक्स प्रदान गर्नका लागि यसको एक्सटेरियरमा कस्मेटिक अपडेट गरिएको छ । यसको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको छ । रेनोका अनुसार यसमा कुल २५ नयाँ फिचर उपलब्ध छन् ।

नयाँ रेनो डस्टरमा डिजाइन, हेडल्याम्प र फ्रन्ट लुकमा परिमार्जन गरिएको छ । एलईडी डीआरएल र प्रोजेक्टर हेडल्याम्प, नयाँ डिजाइन गरिएको अलोय ह्वीललगायत विशेषता रहेको छ । फेसलिफ्टको फ्रन्ट बम्परमा पनि बदलाव गरिएको छ ।

jutta mela

यसको रुपमा परिर्वतन ल्याउन नयाँ रुफ रेल्स, फेसलिफ्टमा नयाँ सिट फेब्रिक, अपडेटेड इन्फोटेन्टमेन्ट सिस्टम, लगाएतका फिचर्स छन् । सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, स्पीड वार्निङ, र एबीएस सबै भेरियन्टमा समावेस गरिएको कम्पनीले जानकारी दिएको छ ।

इसमा १.५ लिटरको पेट्रोल इन्जिन छ, जसले १०६ बीएचपी पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ । त्यसैगरी १.५ लिटरको डिजेल इन्जिन मध्ये कम पावरयुक्त इन्जिनले ८५ एचपी पावर र २०० एनएम टर्क तथा धेरै पावरयुक्त इन्जिनले ११० एचपी पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ ।

You might also like

Comments are closed.