भारतमा लन्च भयो नयाँ हुन्डाई भरना (मूल्य र विशेषतासहित)

काठमाडौं । भारतमा नयाँ हुन्डाई भरना लन्च भएको छ । यसको मूल्य ९ लाख ३० हजार देखि १५ लाख १० हजार भारु तोकिएको छ । नयाँ भरना ४ भेरिएन्ट र ३ इन्जिन अप्सनमा लन्च गरिएको हो । कम्पनीले सो कारमा हुन्डाईको कनेक्टेड कार टेक्नोलोजी ब्लुलिंक समावेश गरेको छ ।

पुरानो मोडल भन्दा नयाँ मोडलको लुक फरक रहेको छ । नयाँ मोडलमा नयाँ केस्केडिङ क्रोम ग्रिल, नयाँ एलईडी हेडल्याम्प र इन्टिग्रेड एलईडी डिआरएल समावेश गरेको छ । यसको साथै कार रिडिजाइन्ड फ्रन्ट बम्पर, नयाँ डायमन्ड कट अलोय ह्वील, नयाँ आउट साइड रियर भ्यू मिरर, सिल्भर डोर ह्यान्डल, नयाँ डिजाइनको एलईडी टेलल्याम्प, नयाँ रियर बम्पर र रिडिजाइन्ड बुट लिड समावेश गरेको छ ।

इन्टेरियर

भरना फेसलिफ्टको १।५ लिटर पेट्रोल र डिजेल मोडलको क्याविनको डिजाइन र लेआउट पुरानो मोडलको जस्तो देखिन्छ । सो मोडलमा ड्युअल टोन ब्ल्याक बेज इन्टेरियर समावेश गरिएको छ । टर्बो भेरिएन्टमा अपहोस्ट्रीमा रेड स्टिचिङको साथमा ब्ल्याक इन्टेरियर समावेश गरेको छ । कारको सेन्टर कन्सोल र एसी भेन्ट्को डिजाइनमा हल्का परिवर्तन गरिएको छ ।

फिचर

नयाँ हुन्डाई भरनामा फस्र्ट इन सेगमेन्ट फिचर दिइएको छ । यसमा कनेक्टेड कार टेक्नोलोजी, फ्रन्ट भेन्टिलेटेड सिट, १०।६७ सीएम कलर टीएफटी एमआईडीको साथ डिजिटल क्लस्टर, वायरलेस फोन चार्जर, स्मार्ट ट्रक, आक्र्यामस् प्रिमियम साउन्ड सिस्टम, ड्राइभर रियर भ्यू मोनिटर, इमर्जेन्सी स्टप सिग्नल, ट्वीन टिप मफलर डिजाइन, ईको कोटिङ, रियर यूएसबी चार्जर र लगेज नेट तथा हुक जस्ता फिचर रहेको छ ।

यसको साथै कारमा स्टोरेजको साथमा स्लाइडिङ फ्रन्ट सेन्टर कन्सोल आर्मरेस्ट, सिट हाइट एड्स्टर र इलेक्ट्रिक सनरुफ जस्ता फिचर रहेका छन् । कारमा दिएको कनेक्टेड कार टेक्नोलोजीमा फरक फरक ३४ फिचर समावेश छ ।

इन्जिन र गियरबक्स

नयाँ भरनामा २ पेट्रोल इन्जिन र डिजेल इन्जिनको विकल्प दिइएको छ । यसमा १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.० लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरेको छ । १.५ लिटर भएको पेट्रोल र डिजेल इन्जिन ११५ पीएसको पावर जबकि टर्बो पेट्रोल इन्जिन १२० पीएसको पावर जेनेरेट गर्छ । टर्बो पेट्रोल इन्जिनमा ७ स्पिड डीसीटी गियरबक्स समावेश गरेको छ । १.५ लिटर भएको पेट्रोल र डिजेल इन्जिनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड दिइएको छ । यसको साथै १।५ लिटर पेट्रोलको साथमा आईभीटी र १.५ लिटर डिजेलको साथमा ६ स्पिड अटोमेटिक गियरबक्सको विकल्प रहेको छ ।

You might also like

Comments are closed.