भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै प्रथम ग्लोवल रिच डिन कप समापन

पोखरा, २३ बैशाख

मणिपाल शिक्षण अस्पतालले प्रथम पटक आयोजना गरेको ग्लोवल रिच डिन कप २०१९ भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्दै समापन भएको छ ।

१ हप्तासम्म पोखराको विभिन्न ठाँउमा आयोजना गरिएको डिन कपको सिल्ड भने मणिपाल शिक्षण अस्पताल आफैले जित्न सफल भयो म्याराथुन, फुटबल, बास्केटबल, भलिवल, क्रिकेट, टेवलटेनिस र डान्स प्रतिस्पर्धाको अंक जोडेर २०१९ को सिल्ड आयोजक मणिपालले नै जित्न सफल भएको आयोजक युजल सुवेदीले जानकारी दिए ।

jutta mela

कार्यक्रमको समापन गर्दै सामाजिक विकास मन्त्री नरदेवि पुनले स्वास्थ्य क्षेत्र संगै खेलकुदको क्षेत्रमा पनि मणिपाल शिक्षण अस्पतालले राम्रो काम गरेको बताईन् । मन्त्री पुनले गण्डकी प्रदेश विकासमा मणिपालले सकरात्मक भुमिका खेल्नेमा विश्वास व्यक्त गरिन् ।

नेपालभरबाट १० वटा मेडिकल कलेजको सहभागिता रहेको डिन कपमा विभिन्न खेलमा विजेता र उप–विजेता खेलाडी र कलेजलाई विकास मन्त्री नरदेवि पुन र अस्पतालका डिन बि एम नाकपालले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए । स्वास्थ्य क्षेत्र संगै खेलकुदको विकास र भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको १ हप्ते कार्यक्रममा समापनको दिन माउन्ट ८८४८, डिमार्ज ब्यान्ड, डिजे सस्पोईजन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको ईभेन्ट म्यानेजर महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

You might also like

Comments are closed.