भूकम्प प्रतिरोधी तथा वातावरणमैत्री एएसी इट्टा पोखरामा

आर्थिक आवाज
पोखरा, ८ जेठ । एएसी इट्टा उद्योग प्रालिद्वारा उत्पादित एएसी इट्टाको पोखरामा बिक्री सुरुवात भएको छ । बजार प्रवद्र्धन कार्यक्रमसहित उद्योगबाट उत्पादित एएसी इट्टाको पोखरामा बिक्री शुभारम्भ गरिएको हो । एएसी इट्टाका बारेमा उपभोक्ता, निर्माण व्यवसायी, इन्जिनियर तथा सरोकारवालाहरुलाई जानकारी गराइएको छ ।

काममा सरलता तथा टिकाउ, ध्वनी अवरोधक, कम मर्मत सम्भार खर्च तथा वातावरण प्रदुषण विना भवन तथा संरचना निर्माण गर्न सकिने विशेषता एएसी इट्टामा रहेको बिक्री प्रवन्धक प्रविन कसुलाले जानकारी दिए । साधारण रातो ईट्टाको तुलनामा, एएसी ईट्टाले ६० देखि ७० प्रतिशतसम्म ध्वनि कम गर्ने क्षमताको कारणले वरिपरीको अनावश्यक ध्वनि प्रदुषण रोक्ने उनले बताए ।

बालुवा, सिमेन्ट, चुना, लाइम, आल्मुनियम पाउडर र जिप्सनसँग पानीको मिश्रण गरी एरिएटेड प्रविधिबाट पूर्णस्वचालित अटोक्लेभ्ड मेशिनबाट इट्टा निर्माण हुने भएकाले धेरै जलवायु विविधतामा पनि यो इँट्टा उपयुक्त हुने उनले बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष नारायण कोइरालाले गुणस्तरीय इट्टा उत्पादन गरी ग्राहकको विश्वास जित्न सुझाव दिए । अटोक्लेभ्ड एरिएटेड कंक्रिट (एएसी) एउटा हलुका तथा वातावरणमैत्री निर्माण सामग्री भएकाले निर्माणको काम गर्दा निकै प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

jutta mela

You might also like

Comments are closed.