मञ्जु श्री असहाय संरक्षण केन्द्र काठमाडौंको तदर्थ समिति गठन, अध्यक्षमा बस्नेत

काठमाडौं । मञ्जु श्री असहाय संरक्षण केन्द्र काठमाडौं शाखाको तदर्थ समिति गठन भएको छ । समितिको अध्यक्षमा मीना बस्नेत चयन भएकी छन् ।

केन्द्रको उपाध्यक्षमा मञ्जु श्रेष्ठ र महासचिवमा रमिला योञ्जन पोखरेल, सचिवमा कमला अधिकारी र कोषाध्यक्षमा प्रतिमा प्याकुरेल चयन भए । सदस्यहरुमा प्रतिमा अर्याल र सबिना सिलवाल चयन भए । शुक्रबार काठमाडौंमा भएको भेलाले तदर्थ समिति गठन भएको हो ।

jutta mela

वरिष्ठ सल्लाहकारमा डा. मदन विष्ट, रजु तान्डुकार, कानुनी सल्लाहकारमा इन्दिरा न्यौपाने, प्रेस सल्लाहकारमा सुरेन्द्र पौडेल चयन भएका छन् । सल्लाहकारमा शिवहरि पाण्डे, भैरवबहादुर ठकुरी, प्रकाश भट्ट र जुनु पुन मगर चयन चयन भएका छन् ।

मञ्जु श्री असहाय संरक्षण केन्द्र केन्द्रीय कार्यालय चितवनका केन्द्रीय सल्लाहकार रजू तण्डुकारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.