मणिश्रीको चुनावी अभियान, पोखरामा सचिवालय स्थापना

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आसन्न आठौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यको चुनावी अभियानका क्रममा पोखरामा सचिवालय स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमबीच पोखराको नयाँबजारमा सचिवालय स्थापना गरिएको हो ।

डिष्ट्रिक्टका पूर्व गभर्नर तथा एफडब्लुसी मल्टिपल कोअर्डिनेटर ध्रुवबहादुर थापाले सचिवालयको उद्घाटन गरे । उक्त अवसरमा बोल्दै थापाले निर्वाचन अवधिसम्म सचिवालय खुल्ला रहने बताए । ‘चुनावी अभियानलाई सजिलो र प्रभावकारी बनाउन सचिवालय स्थापना गरिएको हो,’ उनले भने । कार्यक्रममा बोल्दै उम्मेदवार बज्राचार्यले पोखरा क्षेत्रका लायन्सहरुको उत्साहजनक साथ आफूले पाउनेमा विश्वस्त रहेको बताए ।

 

You might also like

Comments are closed.