मदिरा व्यवसायीलाई कर शिक्षा

आर्थिक आवाज
पोखरा । मदिरा व्यवसायी समिति कास्की र आन्तरिक राजश्व कार्यालय पोखराको संयुक्त आयोजनामा मदिरा व्यससायीलाई कर शिक्षा प्रदान गरिएको छ । सोमबार पोखरा उद्योग वाणिज्य संघमा आयोजित कर शिक्षा कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालय पोखरामा प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले इमान्दार भएर कर तिर्न व्यवसायीहरुलाई आग्रह गरे ।

आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्ववराज न्यौपानेले तालिमको सहजीकरण गरेका थिए । कर सम्बन्धी जानकारी, आयकर, मूल्य अभिवृद्धि कर, अन्त शुल्क सम्बन्धी जानकारी, अग्रिम कर कट्टी, आर्थिक ऐन २०७६ ले गरेका नयाँ व्यवस्थाहरुका बारेमा न्यौपानेले व्यवसायीलाई जानकारी गराएका थिए ।

मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष रुपनारायण भुजेलको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन महासचिव डिल्लिराम पनेरुले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष विजयी गिरीले राखेका थिए । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत कर शिक्षा कार्यक्रम आयोजना गरिएको सल्लाहकार राजु भुवाइँले जानकारी दिए ।

You might also like

Comments are closed.