काठमाडौं । मोटुल नेपालले मनाङमा नयाँ प्रिमियम सिन्थेटिक इन्जिन आयल ७१०० १५डब्लु–६० सार्वजनिक गरेको छ । नेपाल राइडर मिट २०२५ को अवसर पारेर सार्वजनिक गरिएको हो ।
मोटुल ७१०० १५डब्लु–६० विशेषगरी उच्च प्रदर्शन गर्ने मोटरसाइकलको लागि विकसित गरिएको छ । जसले साहसिक यात्रा र शहरी यात्रामा उत्कृष्ट सुरक्षा र कार्यक्षमता प्रदान गर्छ । यो इनोभेसनले यात्रामा रुचि राख्ने बाइकरलाई थप सघाउने र मोटरसाइकलको प्रदर्शन तथा माइलेजमा सुधार ल्याउने आईएमई इलेक्ट्रिकका बिजनेस हेड राजेश चौधरीले बताए ।
एस्टर प्रविधियुक्त शतप्रतिशत सिन्थेटिक सो इन्जिन आयलले इन्जिनमा घर्षण र क्षय न्यून पार्दै दीर्घायु प्रदान गर्छ । यसमा भएको उच्च फ्रिक्सन स्थिरताले क्लच ग्रिपमा सुधार ल्याउनुका साथै स्मुद र भरपर्दो तरिकाले सञ्चालन गर्न सहयोग गर्छ ।
इन्जिन सफाइ क्षमताका कारण स्लज र डिपोजिट रोक्दै सफा र कुशल इन्जिन कायम गर्छ भने थर्मल स्टेबिलिटीका कारण उच्च तापक्रममा पनि स्थिर प्रदर्शन गर्छ । इन्धन दक्षताका कारण माइलेजमा सुधार आउनुका साथै बहुप्रयोग क्षमताका कारण यसलाई रेसिङ, स्पोर्ट, टुरिङ मोटरसाइकलमा उपयुक्त तरिकाले प्रयोग गर्न सकिन्छ ।
राइडर्सले मोटुल टिमसँग प्रत्यक्ष अन्तक्र्रिया गर्दै यसमा भएको एस्टर टेक्नोलोजी, गुणस्तरीय लुब्रिकेसन र उच्च प्रदर्शनका विशेषता नजिकबाट अनुभव लिएका छन् । कार्यक्रममा देशभरिका ५ सय बढी राइडर्सको सहभागिता रहेको थियो ।
Comments are closed.