महालक्ष्मी आर्थिक सहकारीको अध्यक्षमा बराल

आर्थिक आवाज
पोखरा । महालक्ष्मी आर्थिक सहकारी संस्थाको अध्यक्षमा गोपाल बराल सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २०औं साधारणसभाबाट बरालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको हो ।

सहकारीको उपाध्यक्षमा रमेशकुमार भारी, सचिवमा अमृत शर्मा तिमिल्सिना, कोषाध्यक्षमा मेनुका पोखरेल चयन भएका छन् । सदस्यमा देउप्रसाद गुरुङ, अम्बिका मोहन भट्टराई र रमेश केसी चयन भएको प्रवन्धक दीपक पोखरेलले जानकारी दिए । निर्वाचन समितिको संयोजकमा ज्ञाज शर्मा, सदस्यमा ज्ञानेन्द्रराज पौडेल र रवीन्द्रप्रसाद श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहकारी अभियान्ता पदमबन्धु पोखरेलले नेपालको आर्थिक क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु, सेयर सदस्यका छोराछोरी मध्येबाट उच्च शिक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरु लगायतलाई सम्मान गरिएको थियो ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखासमिति संयोजकको प्रतिवेदनलाई साधारणसभाले सर्वसम्मत पारित गरेको छ । सहकारीमा ३ सय ८ जना सेयर सदस्य छन् ।

You might also like

Comments are closed.