महालक्ष्मी इन्स्योरेन्स र माछापुच्छ्रे सहकारीबीच बिमा सेवा सम्बन्धी सम्झौता

आर्थिक आवाज
पोखरा, ५ जेठ । महालक्ष्मी इन्स्योरेन्स लिमिटेड र पोखराको माछापुच्छ्रे सहकारी संस्थाबीच बिमा सेवा सम्बन्धी सम्झौता भएको छ । हालै एक कार्यक्रमका बीच सम्झौता पत्रमा सहकारीका तर्फबाट अध्यक्ष डा. वीरबहादुर कार्की र बिमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहकारीको कर्जा जोखिमलाई न्युनीकरण गर्न तथा आफ्ना शेयर सदस्यहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिन संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जीवन बिमा गराउने सम्झौता गरेको प्रवन्ध सञ्चालक रविरमण तिवारीले बताए ।

महालक्ष्मीले सहकारीहरुलाई लक्षित गरी बिमा योजना ल्याएको सहायक महाप्रवन्धक प्रशान्तराज धमालाले जानकारी दिए । महालक्ष्मीले पृथक खालका योजनाहरुसहित आक्रामक रुपमा बजार विस्तार गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए । कम्पनीले हालसम्म ३० वटा शाखा कार्यालय स्थापना गरिसकेको छ ।

You might also like

Comments are closed.