माउन्टेन स्पोर्टस फेडेरेसन नेपालले ग¥यो नीति तथा कार्यक्रमको स्वागत

काठमाडौं ।

माउन्टेन स्पोर्टस फेडेरेसन नेपालले नीति तथा कार्यक्रमको स्वागत गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको “उच्च पर्वतीय खेलकुद तालिम केन्द« स्थापना गर्ने कार्य अघि बढाईनेछ, निजि क्षेत्रबाट गरिएका खेलकुद पूर्वाधार निर्माणलाई प्रोत्साहन गरिनेछ” भन्ने घोषणाको फेडेरेसनले स्वागत गरेको छ ।

सोहि अनुसारको बजेट र विस्तृत योजनाको लागि नेपाल सरकार संग माग गरिएको छ । नेपालको भूगोल, हावापानी, वातावरण र वस्तुस्थिति सुहाउदो, शाहसिक पर्यटनको पर्याय बन्न सक्ने तथा विश्वमै नेपालको खेल पहिचान बन्न सक्ने ‘माउन्टेन स्पोर्ट्स गेम’ को लागि समेत सो घोषणा कोशेढुंगा बन्ने फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।

jutta mela

‘नेचर, एडभेन्चर र कल्चर’ मा आधारित त्यस्ता खेल इभेन्टले नेपालको सस्टेनेबल स्पोर्ट्स समेत ठूलो आधार बन्ने विश्वास महसंघको छ । निजि क्षेत्रको खेलकुदमा रहेको लगानी र संलग्नतालाई पहिलो पटक सम्बोधन गरिएको छ । “निरोगी नेपाल निर्माण”, “सम्वृद्धिको लागि वन”, “नेपालको पानी जनताको लगानी” जस्ता अभियानले सकारात्मक संकेत गरेको देखिन्छ ।

नेपालको पहिचान बनेको पर्वतीय पर्यटन, इको टुरिजम र जल पर्यटनमा भने नीति, कार्यक्रम अमुर्त देखिएकोले आगामी बजेटले प्रष्ट पार्न फेडेरेसनले अनुरोध गरेको छ । राम्रा कार्यक्रम समेटिएकोमा फेडेरेसनले नेपाल सरकारलाइधन्यवाद ज्ञापन गरेको छ ।

You might also like

Comments are closed.