मादीको बजेट ६१ करोड ३२ लाख

पोखरा । मादी गाउँपालिकाको बजेट विरोधका बिच सार्वजनिक गरिएको छ । कांग्रेसको कालोझण्डा प्रदर्शन र नाराबाजीका बिच भएको कार्यक्रममा मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले ६१ करोड ३२ लाख ४४ हजारको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा १२ करोड ५० लाख ९३ हजार अर्थात २०.४० प्रतिशतले बढी हो । चालु आर्थिक वर्षमा मादीको संसोधित बजेट ४८ करोड, ८१ लाख ५१ हजार रहेको थियो ।

मादीले आर्थिक वर्ष २०७६÷७७ का लागि केन्द्र सरकारबाट वित्तिय समानीकरणबाट ८ करोड २३ लाख, प्रदेश सरकार वित्तिय समानीकरबाट १ करोड १९ लाख २९ हजार, केन्द्र सरकार सशर्त अनुदानमा २० करोड, केन्द्र सरकार राजश्व बाँडफाँडबाट ८ करोड ६ लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ३९ लाख १५ हजा र केन्द्र सरकार सामाजिक सुरक्षा अनुदानबाट १० करोड ५० लाख प्राप्त हुने उल्लेख गरेको छ ।

त्यस्तै मादीले आन्तरिक आय तथा रोयल्टीबाट १ करोड ४५ लाख उठाउने लक्ष्य राखेको छ भने झोलुङ्गे पुल सशर्त अनुदानबाट ३ करोड, साझेदारी अनुदान संघ÷प्रदेश र जिससबाट ५ करोड, स्थानिय पूर्वाधार विकास साझेदारी कार्यबाट १ करोड ५० लाख र पिएजिएसपी तथा अन्य कार्यक्रमबाट २० लाख प्राप्त हुने उल्लेख छ । मादीले १ करोड ८० लाख घाटा बजेट प्रस्तुत गरेपनि सो बजेट चालु आर्थिक वर्ष खर्च नभई बचत भएको मौज्दात रकमबाट पूर्ति गरिने उल्लेख छ ।

jutta mela

मादीले पूर्वाधार विकासका लागि २१ करोड ११ लाख ४० हजार विनियोजन गरेको छ भने सामाजिक विकासका लागि ३१ करोड ३५ लाख २२ हजार विनियोजन गरेको छ । जस अन्तर्गत मादीले एक घर एक धारा कार्यक्रम सञ्चालन, खेलकुद, संस्कृति संरक्षण, एम्वुलेन्स खरिद गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखेको छ ।

You might also like

Comments are closed.