मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारीको कारोबार शुभारम्भ

आर्थिक आवाज
पोखरा, २६ असा । मान्द्रेढुंगा बहुउद्देश्यीय सहकारी संस्था लि. पोखरा १४ ले कारोबार शुरु गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको गेटसँगै कार्यालय स्थापना गरी बिहीबारबाट कारोबार शुभारम्भ गरिएको सहकारीका उपाध्यक्ष रेनु थापा जिसीले जानकारी दिइन् ।

पोखरा महानगरपालिका वडा नं. १०, १४ र १५ कार्यक्षेत्र रहेको सहकारीमा हाल २ सय ५० जना सेयर सदस्य रहेको सहकारीका अध्यक्ष भरत केसीले जानकारी दिए । ‘कार्यक्षेत्र भित्र सेयर सदस्य संख्या वृद्धि गर्दै सहकारीलाई अगाडि बढाउनेछौं,’ केसीले भने, ‘सानो सानो पुँजीलाई संकलन गरी लगानी गर्न सहकारीले योगदान पु¥याउने छ ।’

jutta mela

सहकारी संस्थाको अध्यक्षमा भरत केसी छन् । उपाध्यक्षमा रेनु थापा जिसी, सचिवमा बामदेव मिश्र, कोषाध्यक्षमा किरण अधिकारी छन् । सदस्यमा मिरा गुरुङ श्रेष्ठ, रविन केसी, कृष्णप्रसाद बराल, ठाकुर गिरी, गणेश भारती, गोविन्दप्रसाद श्रेष्ठ, राजकुमार गिरी, चन्द्रेश्वर बस्ताकोटी, सुशीला केसी, मञ्जु श्रेष्ठ र रेवती चापागाईं छन् ।

लेखा समिति संयोजकमा नरेन्द्रबाबु घिमिरे, सदस्यमा रामप्रसाद श्रेष्ठ र कृष्णप्रसाद सुवेदी छन् । ऋण उपसमिति संयोजकमा रविन केसी, सदस्यमा यमलाल पौडेल र विष्णु अधिकारी छन् । सल्लाहकारमा देवीलाल कँडेल, दोबबहादुर कार्की, भरतराज कार्की, रुपबहादुर थापा, गिरबहादुर थापा, मेजर भीमबहादुर थापा र बलराम गुरुङ छन् । ‘उद्यमशीलतामा एकसाथ’ नाराका साथ सहकारी संंस्था सञ्चालनमा आएको उपाध्यक्ष थापाले जानकारी दिइन् । सहकारीको प्रवन्धकमा तारा गुरुङ छन् ।

You might also like

Comments are closed.