मिराकल इन्स्टिच्युट प्रालि ११औं वर्षमा प्रवेश, मानवसेवा आश्रमलाई सहयोग

पोखरा, ३ मंसिर । पोखराको चिप्लेढुंगामा सञ्चालित मिराकल इन्स्टिच्युट प्रालि स्थापनाको ११औं वर्ष प्रवेश गरेको छ । मिराकलले मंगलबार १०औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कार्यालयमा चियापान कार्यक्रम गरिएको प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए ।

वार्षिकोत्सवकै अवसरमा मंगलबार मिराकलले छोरेपाटन पोखरामा रहेको मानवसेवा आश्रमलाई सहयोग गरेको छ । युरोगार्ड, बाल्टी लगायत सरसफाईका सामग्रीहरु सहयोग गरिएको बरालले जानकारी दिए ।

अमेरिकामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी सेवा सुरु गरेको मिराकलले अहिले अमेरिकासँगै क्यानडा, युके, अष्ट्रेलिया र जापानमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.