मुक्तिनाथका ग्राहकलाई टेस्ला डाएग्नोस्टिक क्लिनिकमा विशेष छुट

आर्थिक आवाज

पोखरा । मुक्तिनाथ विकास बैंकका ग्राहकले टेस्ला डाएग्नोस्टिक क्लिनिक वालुवाटार काठमाडौंमा सेवा लिदा विशेष छुट पाउने भएका छन् । उक्त समझदारी पत्रमा दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा टेस्ला डाएग्नोस्टिक क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिन्कु श्रेष्ठ तथा मुक्तिना थविकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।

jutta mela

सम्झौता पश्चात मुक्तिनाथविकास बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले टेस्ला डाएग्नोस्टिक क्लिनिकमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको गुरुङले बताए । ‘प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेका छौं,’ उनले भने ।

 

You might also like

Comments are closed.