मुक्तिनाथ र एनआइबिएल एस क्यापिटलबीच सम्झौता

आर्थिक आवाज

पोखरा । मुक्तिनाथ विकास बैंक र एनआइबिएल एस क्यापिटल लिमिटेडबीच एनआइबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ तथा क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

jutta mela

सम्झौता पश्चात देशभरी रहेका ग्राहकलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआइबिएल सहभागिता फण्ड खरिद तथा बिक्री सम्बन्धी कार्य गर्न सकिनेछ ।

You might also like

Comments are closed.