मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरत ढकाल सर्वसम्मत

आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंकको अध्यक्षमा बैंकर भरत ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । बैंकको सोमबार पोखरामा भएको १३ वार्षिक साधारण सभाबाट उनी अध्यक्ष निर्वाचित भएका हुन् ।

ढकालको कार्यकाल ४ वर्षको रहनेछ । ढकालकै सक्रियतामा मुक्तिनाथ विकास बैंकको जन्म भएको थियो ।

jutta mela

बैंकका अन्य सञ्चालकहरुमा गजेन्द्र मान श्रेष्ठ, रवीन्द्र मान श्रेष्ठ, निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्र चयन भएको बैंकका प्रमुख सूचना अधिकृत तिल बहादुर गुरुङले जानकारी दिए ।

साधारण सभाले आ.व. २०७५÷०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६÷०७७ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट सेयरधनीहरुलाई ०.९३ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १७.६० बोनस सेयर सहित १८.५३ प्रतिशत लाभाँस वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा मन्तव्य राखेका थिए । बैंकका पूर्व अध्यक्षहरु खगेन्द्रराज रेग्मी र मीन प्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.