मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको लगनखेलमा

पोखरा, २० फागुन ।

मुक्तिनाथ विकास बैंक लि.ले ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेल कर्मचारी संचय कोषको भवनमा शाखा उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर श्री दिपेन्द्र पुरुष ढकालले शाखाको उद्घाटन गरेका हुन् ।

बैंकका सञ्चालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संचालक समितिका सदस्य श्री नारायण कुमार श्रेष्ठले स्वागत मन्तव्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा व्याख्या गर्नु गरेका थिए । बैंक संचालक समितिका सदस्य श्री गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै बैंकको प्रगतिमा साथ दिन सबैलाई अनुरोध गरेका थिए भने कार्यक्रमको संचालन श्री शर्मिला लम्सालले गरेकि थिईन् ।

शुभकामना मन्तव्यकै क्रममा ललितपुर मलका प्रबन्ध निर्देशक श्री नेपाल डंगोलले नेपाली समाज सुहाउँदो बित्तीय सेवाहरु संचालन गरी आम जनताको सामु पु¥याउन सफल बैंकको प्रगतिको कामनाका साथै बैंकिङ कारोबार संचालनमा आँफ्नो पूर्ण समर्थन र सहयोग रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथि श्री दिपेन्द्र पुरुष ढकालले बैंकिङ क्षेत्रमा आफुले कार्य गर्दा सिकेका अनुभवहरुलाई आजको वित्तीय क्षेत्रको विकाससंग तुलना गर्दै देश विकासमा बैंकिङ र वित्तीय क्षेत्रको योगदानको चर्चा गरेका थिए । मुक्तिनाथ विकास बैंकले अवलम्बन गरेको वित्तीय सेवाको मोडल बैंकिङ सेवाको उत्कृष्ट मोडल भएको र यस मोडलले ग्राहकहरुको आवश्यकता अनुसारको बित्तीय सेवाहरु प्रदान गर्न सफल भएकाले र आगामी दिनहरुमा पनि यस मोडललाई बैैंकले अबलम्बन गर्दै अगाडि बढ्नको लागि सफलताको कामना गरे ।

बैंकले २०७४ माघ मसान्तसम्म कुल निक्षेप रु. २१ अर्व ९२ करोड पुगेको छ भने कुलकर्जा लगानी रु. २० अर्व १ करोड पुगेको छ ।

You might also like

Comments are closed.