काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को प्रदेश–५ अन्तर्गत दाङ, र्बिर्दया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ । सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त गर्नेछन् ।
भिङग्रेली भिलेज रिसोर्ट घोराही दाङमा १० प्रतिशत, पार्क फुड क्याफे एण्ड लज प्रा.लि. तुल्सीपुर दाङमा १० प्रतिशत, डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट प्रा.लि. तुल्सीपुर दाङमा २० प्रतिशत, कृष्णसार रिसोर्ट प्रा.लि. गुलरिया बर्दियामा खाना तथा पेय पदार्थमा २० प्रतिशत छुट, ग्रीन पिस माध्यमिक विद्यालयमा भर्ना शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए । बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।



Comments are closed.