मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंककोे संचालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम श्यामसुन्दर शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत करिव ३९ वर्ष काम गरेको अनुभव शर्मासँग छ । व्यवस्थापन विज्ञको रुपमा उनी परिचित छन् । साथै, विभिन्न दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले लिभरपुल विश्वविद्यालय, बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिष्ट्रेस विषयमा स्नातकोत्तर , त्रिभुवन विश्वविद्यालयबाट बिजनेश एडमिनिष्ट्रेस विषयमा स्नातकोत्तर तह र सर्रे विश्वविद्यालय बेलायतबाट, टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३७ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.