मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत वितरण

पोखरा । नेपाल सरकारले लागु गरेको देशब्यापी लकडाउनको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले राहत सामाग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधाममा एक कार्यक्रमबीच राहत वितरण गरिएको बैंकले जनाएको छ ।

विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामग्री वितरण गरिएको हो । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जीतेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए ।

बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ, आस्वा सेवा, डि–म्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.