मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. बीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि. को करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको गुरुङले बताए ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.