मुग्लिन–आँबुखैरेनी सडक दुई साता दैनिक ९ घण्टा बन्द हुने

 

तनहुँ, १५ जेठ

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्ड दुई साता बन्द हुने भएको छ ।

jutta mela

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्क्ब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह कटिङ गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्र गर्नुपर्ने भएकाले १४ दिन बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जनाएको छ ।

सुचना अनुसार जेठ १६ गतेदेखि ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द रहनेछ ।

पटक पटक विविध कारण देखाउदै सम्पन्न हुने मिति थपिएको समय यही जेठ मसान्तमा सकिँदैछ । एक सय ६० मिटर लामो सो पुलको भाग १२० मिटर रहेको छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथ सहित ११ मिटर चौडा रहेको छ ।

विश्व बैंकको रु. १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण शुरु गरिएको हो ।

You might also like

Comments are closed.