मुनाल स्टोर्स २१ औं वर्षमा

आर्थिक आवाज
पोखरा, २१ भदौ । पोखराको चिप्लेढुङ्गामा रहेको ‘मुनाल स्टोर्स’ स्थापनाको २१ वर्षमा प्रवेश गरेको छ । २०औं वार्षिकोत्सवको अवसरमा स्टोर्सले शनिबार विज्ञप्ति जारी गरी ग्राहक वर्गलाई धन्यवाद तथा आभार व्यक्त गरेको छ । २०५६ भदौ २१ गते स्टोर्स सञ्चालनमा आएको थियो ।

पोखरा र आसपासका जनतालाई सुपथ मूल्यमा, सुलभ तरिकाले गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले स्टोर्स सञ्चालन ल्याइएको सञ्चालक मोती भुजेलले बताए । मुनाल स्टोर्सलाई पूर्ण कम्प्यूटर प्रणाली र सीसी क्यामेरा जडान गर्दै सुविधा सम्पन्न आधुनिक डिपार्टमेन्टल स्टोर्समा परिणत गरिएको छ । पारिवारिक वातावरणमा विभिन्न उपभोग्य सामानहरु छिटोछरितो रुपमा ग्राहकलाई उपलब्ध गराउन आफूहरु सफल रहेको उनले बताए ।

यसैबीच वार्षिकोत्सवको अवसरमा मुनाल स्टोर्सले ‘एनिभर्सरी विक’ मनाउन लागेको जानकारी दिदै भुजेलले उपस्थितिका लागि सम्पूर्ण ग्राहकहरुलाई आग्रह गरेका छन् ।

You might also like

Comments are closed.