पोखरा । मेडिप्लस हस्पिटल पोखराका बोर्ड अफ डाइरेक्टर रामजी प्रसाद बास्तोला एवं शेयर सदस्य चक्रपाणि बास्तोलालाई मातृशोक परेको छ । चक्रपाणि बास्तोलाकी आमा लोकमाया बास्तोलाको बिहीबार राति बास्तोलाथरस्थित आफ्नै निवासमा ८९ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय बास्तोलाका ३ छोरा र ३ छोरी छन् ।
यसैबीच, स्वर्गीय बास्तोलाको निधनप्रति पोखराको मेडिप्लस हस्पिटलले शोक व्यक्त गरेको छ । हस्पिटलका अध्यक्ष रमेश कुमार थापाले शोकाकुल परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन् ।



Comments are closed.