युआरएलका सेवामा फिस्टेल र स्टेसनरी महासंघ सदस्यलाई छुट

पोखरा । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्की र फिस्टेल बचत तथा ऋण सहकारीका सदस्यले युआरएलका सेवामा छुट पाउने भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले फिस्टेल सहकारी अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठ र स्टेसनरी महासंघ कास्की अध्यक्ष मोहनप्रसाद सापकोटासँग छुट्टाछुट्टै छुट सम्झौता भएको जानकारी दिए ।

दुवै संस्थाका सदस्यले युआरएलका सबै सेवामा ३० छुट पाउने छन् । छुट प्राप्त गरेका दुवै संस्थाले यसका लागि छुट्टै परिचयपत्रको व्यवस्था गर्ने सहमति छ । उनीहरुले अन्यत्र कार्यालय वा शाखा खोले पनि यो सम्झौता लागु हुनेछ । छुट सम्झौता ५ वर्षसम्म लागु हुनेछ । युआरएलसँग सहकार्य गरी यसरी छुट प्राप्त गर्ने संस्थाको संख्या ४६ पुगेको छ ।

You might also like

Comments are closed.