युनाइटेड क्लबद्वारा बिरामीलाई आर्थिक सहयोग

पोखरा, २ बैशाख

युनाइटेड क्लब पोखराले आर्थिक अभावमा रहेका बिरामीलाई आर्थिक सहयोग गरी नेपाली नयाँ वर्ष मनाएको छ । युनाइटेड क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसर पारी मणिपाल हस्पिटलमा उपचाररत बिरामीलाई आर्थिक सहयोग गरेको हो । क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित साताव्यापी कार्यक्रमको पहिलो दिन मणिपाल हस्पिटलमा उपचाररत बागलुङ जैमिनी नगरपालिका १० राङखानीका ५१ वर्षीय मिम बहादुर श्रीषलाई नगद २० हजार प्रदान गरेको हो ।

बिगत १ महिनादेखि छालाको अति दुर्लभ रोग ‘पेमफिगस भल्गारिस’बाट ग्रसित भइ हाल पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत श्रीषको उपचारमा आर्थिक अभाव भएपछि क्लबले आफ्नो सामाजिक काम स्वास्थ्य क्षेत्र अन्तर्गत नगद सहयोग गरेको अध्यक्ष लालकाजी गुरुङले बताए । गुरुङ सहित युनाइटेड क्लबका पदाधिकारीहरुले श्रीषलाई नगद सहयोग गरेको हो ।

jutta mela

क्लबले वार्षिकोत्सवको अवसर पारी मकवानपुर फापरवारी ३ घर भइ हाल अमरसिह बस्ने मृगौला पीडित काठमाडौंमा उपचाररत धन बहादुर आले मगरलाई ५ हजार, मृगौला प्रत्यारोण गरिएको नवलपरासी गैडाकोट नगरपालिका १ का ईन्द्र कुमारी पौडेललाई १५ हजार नगद सहयोग समेत गरेको क्लबका सदस्य तथा स्वास्थ्य संयोजक जयराम आचार्यले जानकारी दिए । क्लबले आफ्नो वार्षिकोत्सव वैशाख ७ गतेसम्म विभिन्न सामाजिक कामहरु गर्ने क्लबका महासचिव शान्त बहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार वैशाख २ गते आरोग्य धाम आश्रम पोखरा १५ टुटुङगामा खाद्यान्न वितरण, ३ गते सेती नदी संरक्षण सम्बन्धी वृहत अन्तरक्रिया, ४ गते कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माविमा खेलकुद सामग्री वितरण, ५ गते कुँडहर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, ६ गते क्लबका पदाधिकारी तथा आजीवन सदस्यहरुलाई एकदिने तालिम र ७ गते क्लबको नवौं वार्षिकोत्सव भब्यताका साथ जनाइएको छ ।

आर्थिक अभावका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत श्रीषको उपचारका लागी अस्पताल प्रशासन समक्ष ध्यानाकर्षण समेत क्लवले गरेको छ । बिगत एक महिनादेखि उपचाररत श्रीषको हालसम्म उपचारको क्रममा २ लाख ५० हजार खर्च भइसकेको र अझै दुई वर्ष लाग्ने भएकाले सहयोग गर्नेहरुले ग्लोवल आइएमई बैङ्कको खाता नम्बर ००९००००२५६१० मा मिम बहादुर श्रीषको नाममा सहयोग रकम जम्मा गर्न सकिने छ ।

You might also like

Comments are closed.