युवाहरुद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई शैक्षिक समाग्री उपलब्ध गराइएको छ
BFDM , Helping Hands100s Group को सहयोगमा पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा रहेको बिद्यालयका वालवालिकालाई शैक्षिक सामाग्री उपलव्त्र गराईएको हो ।

नेपाल राष्ट्रिय प्रथामिक बिद्यालय सोनवर्षाका ७५ जना छात्र छात्रालाई तीन महिना सम्म पुग्ने शैक्षिक समाग्री र झोला बितरण गरिएको वीर क्षेत्रीले जानकारी दिए । शैक्षीक समाग्रीमा कापी, कलम, इरेजर मास्क र झोला रहेको विश्व भण्डारीले जानकारी दिए ।

jutta mela

सोही वडाका वडाध्यक्ष फरमान मिया अन्सारीले छात्र छात्रालाई शैक्षिक समाग्री बितरण गरेका हुन् । निशुल्क शिक्षा अभियानलाई सफल बनाउन यस्तो सहयोग गरिएको निरजजंग थापाले बताए ।

सहयोग गर्न पाउदा खुसी लाग्ने अभियानमा संलग्न युवाहरु बताउछन् । कार्यक्रममा बिश्व सुवेदी, रुपेश खडका, बिनय गिरी अनिश डाँगी, भोला चौधरी लगायत सहभागी थिए ।

You might also like

Comments are closed.