रतन पाण्डे माविमा हेल्पफुल हेण्ड्सका ३ कार्यक्रम

पोखरा । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्ड्सको आयोजनामा पोखरा १३, आर्वास्थित श्री रतन पाण्डे मा.वि.मा सेल्फ डिफेन्स, आँखा शिविर र स्टेशनरी तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ५ देखि ११ सम्मका ५५ जना विद्यार्थीलाई आत्म रक्षाका लागि प्रशिक्षक रुपक नेपालीले प्रशिक्षण दिएका थिए ।

आँखा अस्पताल घारिपाटनको प्राविधिक सहयोगमा विद्यालयका ३ सय ५० विद्यार्थी सहित ८० जना अभिभावकको आँखा जाँचसमेत गरिएको क्लबका निबर्तमान अध्यक्ष मोहन सुवेदीले जानकारी दिए ।

jutta mela

क्लवको तर्फबाट बिद्यालयलाई खेलकुदका सामग्री तथा स्टेशनरी सामान पनि बितरण गरिएको छ । लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सचेतना मुलक तिज गीत प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । बिजेताहरुलाई क्लबका तर्फबाट पुरस्कार वितरण गरिएको सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बिद्यालयका तर्फबट व्यवस्थापन समितिका अध्यक्ष वसन्त राज बरालले शुभकामना मन्तव्य राखेका थिए । हेल्पफुल हेण्ड्सका अध्यक्ष तेज प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्लबका उपाध्यक्ष अञ्जु नेपालीले स्वागत मन्तव्य राखेकी थिइन् । शिव सुनारको संयोजकत्वमा सम्पन्न कार्यक्रमको संचालन क्लबका सचिव कृष्ण नेपालीले गरेका थिए ।

You might also like

Comments are closed.