राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी, समितिहरु गठन

आर्थिक आवाज
पोखरा, २० कार्तिक । पोखरा उद्योग वाणिज्य संघ ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीमा जुटेको छ । संघको कार्यसमितिको १४औं बैठकले आउँदो पुसको १८ देखि २८ गतेसम्म आयोजना हुने मेला सम्पन्न गर्न मूल समारोह समिति, कार्यसम्पादन समिति र विभिन्न २८ वटा उपसमितिहरु गठन गरेको हो ।

लगानीको सम्वर्दनः उद्योग व्यवसायको प्रवद्र्धन उद्घोषसहित संघले नेपाल उद्योग वाणिज्य महासंघसहित विभिन्न संघ÷संस्थासँगको सहकार्यमा वर्षेनी मेलाको आयोजना गर्दै आइरहेको छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेलालाई भव्य रुपले सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य महासंघका मेला उपसमितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ३ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिको सहसंयोजकमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी छन् ।

मूल समारोह समितिमा संघका पदाधिकारी, कार्यसमिति, पूर्वपदाधिकारी तथा कार्यसमिति सदस्यहरु, कास्कीमा भएका राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, बस्तुगत संघहरु, आमा समूह लगायत सदस्य छन् । कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र सभासदहरु तथा संघका पूर्वअध्यक्षहरु मूल समारोह समितिको सल्लाहकारमा चयन भएका छन् ।

यसैगरि मेला सम्पन्न गर्न संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा कार्य सम्पादन समिति समेत गठन भएको छ । कार्यसम्पादान समितिमा संघका पूर्वअध्यक्षहरु सल्लाहकार छन् भने संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु सदस्य छन् ।

संघले मेला व्यवस्थापनको लागि विभिन्न २८ वटा उपसमिति पनि गठन गरेको छ । मेलाको अतिथि सत्कार व्यवस्थापन उपसमितिमा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे छन् भने स्टल निर्माणको जिम्मेवारी संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले लिएका छन् ।

मेलाको सुरक्षा व्यवस्थापनमा उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, प्रायोजक व्यवस्थापनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापती, प्रचार प्रसारमा महासचिव अर्जुन पोखरेल, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, प्रभातफेरी तथा आमा समूह व्यवस्थापनमा उपमहासचिव चिनुकुमारी गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ । हस्तकला व्यवस्थापनमा कार्यसमिति सदस्य कुमारी मुना बास्तोला, बाल उद्यानमा कार्यसमिति सदस्य रुद्रप्रसाद लुइँटेल, मुलद्वार व्यवस्थापनमा कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जिम्मेवारी सम्हाल्ने भएका छन् ।

कार्यसमितिका सदस्यहरु दीनेशचन्द्र बास्तोला, सोवित पौडेल, बलराम आचार्य, नगेन्द्रप्रसाद सुवेदी र ऋषिराम शर्मा भण्डारीलाई क्रमशः प्रकाशन, सांस्कृतिक, टिकट, रेष्टुरेण्ट र संघ÷संस्था तथा विद्यालय व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी सुम्पिएको छ ।

स्टल बिक्रीमा कार्यसमिति सदस्य रामेश्वर अधिकारी, पर्यटनमा कार्यसमिति सदस्य कीर्तिबल्लभ त्रिपाठी, स्थानीय समन्वयमा कार्यसमिति सदस्य हर्कबहादुर अधिकारी संयोजक भएका छन् । कार्यसमितिका सदस्यहरु हरिहर सापकोटा, चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, हरिराज पन्त, श्रीप्रसाद घले र सुरेशबहादुर श्रेष्ठलाई क्रमशः पार्किङ, ब्यानर, कृषि, मंच तथा बस्तुगत संघ समन्वय, खानेपानी, वातावरण तथा सरसफाई र उद्योग व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।

कार्यसमितिका सदस्य एनकुमार साईले यातायात, कार्यसमिति सदस्य रामबहादुर केसीले स्वास्थ्य, कार्यसमिति सदस्य देवेन्द्र केसीले उपहार र विद्युत तथा टेलिफोन व्यवस्थापन उपसमितिको भूमिका कार्यसमिति सदस्य शिवराज आचार्यले निभाउने गरि जिम्मेवारी बाँडफाँड गरिएको संघका महासचिव अर्जुन पोखरेलले बताए ।

मेलाको व्यवस्थापन तथा प्रचार प्रसारको लागि संघका अध्यक्ष दामु अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार संघीय राजधानी काठमाण्डौतर्फ लागेको छ । प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापती र कार्यसमिति सदस्य सोवित पौडेल छन् । सो प्रतिनिधिमण्डलले मेलालाई उद्योग÷व्यवसाय प्रवद्र्धनको माध्यम बनाउन तथा पर्यटन उद्योगको प्रचार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ÷संस्था र सरोकारवाला निकायसँग समन्वयको पहल गर्नेछ ।

You might also like

Comments are closed.