‘लकडाउनको समयमा राज्यसँग समन्वय गरी सीमित शाखाबाट बैंकिङ सेवा’

रेशमबहादुर थापा
प्रमुख कार्यकारी अधिकृत, गण्डकी विकास बैंक

कोरोना भाइरसका कारण संसारभर प्रकोप बढिरहेको छ । यसको प्रकोपको त्रास नेपालमा समेत फैलिएसँगै सरकारले मंगलबारबाट लागु हुने गरी लकडाउनको निर्णय गरेको छ । लकडाउनको समयमा बैंकिङ सेवासमेत प्राय बन्द नै रहने अवस्थामा छ । बैंकिङ सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले हामीले राज्यसँग समन्वय गरी केही शाखाबाट मात्र सेवा प्रदान गरिरहेका छौं ।

राज्य नै लकडाउन भएको अवस्थामा गृहमन्त्रालयको सूचनालाई समेत पालना गरी हामी अगाडि बढिरहेका छौं । गण्डकी विकास बैंकको प्रधान कार्यालय पोखरामा छ । पोखरामा प्रधान कार्यालय भएकाले पोखराको मुख्य कार्यालय दिउसो १ बजेसम्म खुल्ला रहन्छ । देशभर रहेका हाम्रा ९५ वटा शाखा कार्यालयमध्ये २० वटा शाखाबाट सेवा प्रदान भइरहेको छ ।

jutta mela

हाम्रो नियमक निकाय राष्ट्रबैंकको निर्देशन समेत पालना गरी ग्राहक आएको अवस्थामा सम्भव भएको कुनै एउटा शाखाबाट सेवा प्रदान गर्ने सोचबाट हामी अगाडि बढिरहेका छौं । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी पोखराको हकमा प्रधान कार्यालय चिप्लेढुंगामा सेवा प्रदान भइरहेको हो भने अन्य जिल्लामा पनि प्रशासनसँग समन्वय गरी केही शाखामात्र खुल्ला छन् । नगद जम्मा गर्न र निकाल्नका लागि मात्रै सेवा प्रदान गरिएको हो ।

यो समयमा राज्यलाई सहयोग गर्नुपर्ने हामी सबैको दायित्व हो । सकेसम्म घरमै बसेर डिजिटल बैंकिङ सेवा अवलम्बन गर्न म सम्पूर्ण ग्राहकलाई आग्रह गर्दछु । (कुराकानीका आधारमा)

You might also like

Comments are closed.