लक्ष्मी विद्यापदक विजेताको नाम घोषणा 

आर्थिक आवाज

पोखरा । लक्ष्मी हाउस पोखराबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित लक्ष्मी विद्यापदक–२०७६ पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायमा विविएस र विविएतर्फ स्नातक र व्यवस्थापनको स्नातकोत्तरमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित यो पदकबाट सम्मानित गरिन्छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो वर्ष विविएसतर्फ पोखराका कलेजहरुबाट परीक्षामा सहभागी भई सर्वोत्कृष्ट अंक ल्याउन सफल पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पूर्जा, विविएतर्फ सर्वोत्कृष्ट पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नातकोत्तर (एमए) तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा स्वेताकुमारी गुप्तालाई यो पदकले सम्मानित गरिँदैछ ।

jutta mela

सम्मानित व्यक्तित्वले पदकसँगै नगद पुरस्कार पनि दिइनेछ । लक्ष्मी  विद्या पदक २०५६ सालमा स्थापित लक्ष्मी विद्या पदकबाट २० औँ पदक विभुषित हुनेहरुलाई पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिक अधिवेशनको अवसरमा यही असोज ४ गते अर्थात आउँदो शनिबार सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका अर्थमन्त्री युवराज खतिवडाले उनीहरुलाई सम्मानित गर्दैछन् ।

पोखराका उद्योगपतिद्वय बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले स्थापना गरेको लक्ष्मी हाउस अहिले नेपालकै प्रतिष्ठित औद्योगिक घराना हो । उद्योग स्थापना र संचालनमा गरेको योगदानको कदरगर्दै तत्कालीन पोखरा महानगरपालिकाले बुद्धिबहादुर श्रेष्ठलाई पोखरेली नवरत्नले सम्मानित समेत गरेको थियो । नवरत्न  सम्मानस्वरुप पाएको रकम आफ्नो हितमा हैन, समाजको हितमा लगाउने प्रणसँगै लक्ष्मी हाउसको तर्फबाट सो नगद पुरस्कारमा थप रकम थप गरि लक्ष्मी विद्यापदक स्थापना गरिएको हो ।

देशमा दक्ष जनशक्ति आवश्यक भएको र खासगरी व्यवस्थापन विषय पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने गरि पुरस्कार स्थापित सो पुरस्कारको संचालन भने पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको छ

 

You might also like

Comments are closed.