लन्च भयो हुन्डाई ग्रान्ड आई १० नियोस

काठमाडौं । हुन्डाईले ग्रान्ड आई १० को तेस्रो पुस्ताको कार ग्रान्ड आई १० नियोस भारतीय बजारमा लन्च गरेको छ । यसको मूल्य ४ लाख ९९ हजार ९९० भारुबाट प्रारम्भ हुन्छ । सबैभन्दा माथिल्लो भेरिएन्टको मूलय ७ लाख १३ हजार ९५० भारु छ ।

हुन्डाईका अनुसार नियोसको अर्थ ‘धेरै’ हुन्छ । हुन्डाईले स्पेस, फिचर र पर्फमेन्सका आधारमा ग्राहकलाई अझ धेरै सुविधा दिन चाहने भएकाले यो शब्द रोजेको बताएको छ ।

ग्रान्ड आई १० नियोसको फ्रन्टमा प्रोजेक्टरका साथ लामो स्वेप्टब्याक हेडल्याम्प, क्यासकेडिङ ग्रिल र भी आकारको एलईडी डीआरएल छ । यसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिङ ग्रिलले कारलाई थप आकर्षक बनाएको छ । यसमा मेसिन कट अलोय ह्विल लगाइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइटको विशेषता पाउन सकिन्छ ।

कारको पछिल्लो भागमा ¥याप अराउन्ड हेडल्याम्प, रियर बम्परमा इन्टिग्रेटेड रिफ्लेक्टर्स, बुटको सेन्टरमा हुन्डाईको ठूलो लोगो र यसको तल्लो भागमा नियोस लेखिएको छ ।

यसमा क्रोम डोर ह्यान्डल र ब्ल्याक पिलर छ । टप भेरिएन्टमा टर्न इन्डिकेटरका साथ अटो फोल्डिङ आउटसाइड रियर भ्यु मिरर, रियर वाइपर, सार्क फिन एन्टेना र रुफ रेल पनि उपलब्ध हुनेछ ।

ग्रान्ड आई १० नियोसको इन्टेरियर ड्युअल टोन कलरमा उपलब्ध छ । यसको क्याबिनमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथ ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम, थ्री स्पोक मल्टी फंक्सनल स्टेयरिङ ह्विल, अटो क्लाइमेट कन्ट्रोल, रियर एसी भेन्ट्स र वायरलेस चार्जिङ जस्ता फिचर उपलब्ध हुने छन् ।

सुरक्षाका लागि यसमा ड्युअल एयरब्याग, रियर पार्किङ सेन्सर, ईबीडीसहितका एबीएस आदि स्ट्यान्डर्ड सेफ्टी इक्विपमेन्ट उपलब्ध छन् । ग्रान्ड आई १० नियोस एक पेट्रोल र अर्को डिजेल गरी दुई इन्जिन अप्सनमा उपलब्ध हुनेछ ।

त्यसैगरी यो ७ वटा पेट्रोल भेरिएन्ट र ३ वटा डिजेल भेरिएन्टमा उपलब्ध हुनेछ । ११९७ सीसीको फोर सिलिन्डर पेट्रोल इन्जिनले ८३ पीएस पावर र ११६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन दिइएको छ ।

त्यसैगरी ११८६ सीसीको थ्री सिलिन्डर डिजेल इन्जिनले ७५ पीएस पावर र १९४ एनएम टर्क जेनेरेट गर्छ । पेट्रोल इन्जिनले २०.७ किलोमिटर र डिजेल इन्जिनले २६.२ किलोमिटर माइलेज दिने बताइएको छ । यसको प्रतिस्पर्धा मारुती स्विफ्ट र फोर्ड फिगो जस्ता कारसँग हुनेछ ।

You might also like

Comments are closed.