‘लाखौं व्यवसायी डुबे भने के हुन्छ ? कोरोनाको डर देखाएर व्यवसायी मार्ने काम नगरौं’ (भिडियोसहित)

पोखरा । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोनाको डर देखाएर व्यवसायीलाई डुबाउने र मनोबल गिराउने काम गर्न नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहेका दुलालले आर्थिक आवाजसँग कुराकानी गर्दै व्यवसाय गर्नै हुँदैन भन्ने मानसिकतालाई रोक्नुपर्ने बताएका छन् ।

सबैभन्दा बढी डर व्यवसायीलाई रहेको उनले बताए । ‘यहाँ सरकारले व्यवसायीले तलब दिएन भन्ने कुरा गरिरहेको छ,’ उनले भने, ‘३ महिना पछाडि व्यवसायी नै सेलरी माग्न जाने अवस्थामा हुन्छ । जागिर खोज्ने अवस्थामा पुग्छ ।’ सरकारले ४/५ कर्पोरेट हाउस र ठुलाठुला कम्पनीलाई मात्रै सोचेर निर्णय गर्न नहुने उनले बताए । ‘लाखौं व्यवसायीहरु साना छन्,’ उनले भने, ‘साना व्यवसायीलाई सोच्नुपर्छ । लाखौं व्यवसायी डुबे भने के हुन्छ ?’ उद्योग व्यवसायमा लगानी गरेर आत्मनिर्भर हुने दिशमा अगाडि बढ्नुपर्ने उनले बताए ।

हेर्नुहोस भिडियोः

Krishna Prasad Dulal

‘लाखौं व्यवसायी डुबे भने के हुन्छ ? कोरोनाको डर देखाएर व्यवसायी मार्ने काम नगरौं’ : कृष्णप्रसाद दुलालअध्यक्ष, नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनतथाकार्यकारी सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ

Gepostet von Arthik Awaj am Donnerstag, 14. Mai 2020

You might also like

Comments are closed.