लायन्सको गभर्नरमा रोका, प्रथम र द्वितीय भाइस गभर्नरमा आचार्य र पौडेल

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०२०÷२१ का लागि डिष्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका निर्वाचिन भएका छन् । अनलाइन प्रविधिको माध्यमबाट शनिबार भएको आठौं महाधिवेशनबाट आचार्य डिष्ट्रिक्टको सर्वोच्च पदमा निर्वाचित भएका हुन् ।

त्यसैगरी डिष्ट्रिक्टको प्रथम भाइस गभर्नरमा विशेश्वर आचार्य र द्वितीय भाइस गभर्नरमा महेन्द्र पौडेल निर्वाचित भएका छन् । निर्वाचित तीनै जनालाई शतप्रतिशत हुन्छ भन्ने मत प्राप्त भएको निर्वाचन कमिटिका संयोजक योगेन्द्र प्रधानले जानकारी दिए । गभर्नरमा निर्वाचित हुँदा गौरव महसुस भएको बताउँदै रोकाले सम्पूर्ण लायन्सहरुलाई समेटर लायन वर्षलाई सफल बनाउँदै सामाजिक कार्यमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।

कोरोना महामारीका कारण सिर्जित विषम परिस्थिति तथा लकडाउनलाई मध्यनजर गरी भर्चुअल प्रविधिबाट डिष्ट्रिक्टको महाधिवेशन सम्पन्न गरिएको बर्तमान डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिइन् ।

You might also like

Comments are closed.